ब्यांकर तथा ‘मोटिभेसनल स्पिकर’ रविना देशराज श्रेष्ठ पछिल्लो समय सिनेमा क्षेत्रमा पनि संलग्न छिन् । अमेरिकाको एक विश्वविद्यालयबाट केही वर्षअघि ‘क्वालिफाइड हिलर’को प्रमाणपत्र पाउने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । विश्वका ६ हजार बढी महिलालाई उछिन्दै अन्तर्राष्ट्रिय गोल्डेन फिनिक्स अवार्ड र लेडी अफ एक्सिलेन्स अवार्डबाट सम्मानित रविना प्रभावशाली नेपाली महिलाका रूपमा चिनिन्छिन् । रविनाको प्रेम, मदिरा, संगीत, राजनीतिसहित रोचक प्रसंगमाथि रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :
सामान्यतः नेपाली खाना मन पर्छ मलाई । दाल, भात, तरकारी । यसबाहेक जापानी खाना पनि मन पर्छ । परिकारमध्ये अन्डाको पहेँलो भागचाहिँ मन पर्दैन ।
छोराहरूलाई लिएर रेष्टुरेन्ट पनि जान्छु । स्न्याक्सका रूपमा बदाम र सुकुटी असाध्यै मन पर्छ । धेरै परिकार बनाउन पनि जानेकी छु । समय मिलेसम्म घरमा म आफैँ पकाउँछु ।
छोराहरूलाई लिएर रेष्टुरेन्ट पनि जान्छु । स्न्याक्सका रूपमा बदाम र सुकुटी असाध्यै मन पर्छ । धेरै परिकार बनाउन पनि जानेकी छु । समय मिलेसम्म घरमा म आफैँ पकाउँछु ।
मेरो पोसाक
मलाई प्रायः नीलो रंगको कपडा मन पर्छ । सामान्यतः ब्रान्डेड कपडा लगाउँछु । तर, कम्फोर्टेबल छ भने ननब्रान्डेड पनि लगाउने गर्छु ।
मेरो फिटनेस
फिटनेसमा एकदमै ध्यान दिन्छु । हरेक दिन रिलिजियसली योगा गर्छु । ४५ मिनेटदेखि एक घन्टासम्म योगा गर्छु । खानामा पनि म ज्यादै होसियार हुन्छु । केही खाँदा पनि शरीरलाई हानि हुन्छ कि भन्ने ख्याल गर्छु । जे पायो त्यही खान्न ।
तीन/चारवटा पुस्तक एकैचोटि पढ्ने गर्छु । व्यवस्थापनदेखि साहित्यसम्म पढ्छु । लेखक म एक्सप्लोर गर्न चाहन्छु । नयाँ लेखकका पुस्तक पनि पढेकी हुन्छ । म आफैँ पनि लेखिरहेकी छु । एउटा पुस्तक लेखिराखेको छु । मैले लेख्दै गरेको पुस्तक आफ्नै जीवन अनुभवमा आधारित छ ।
मेरो अध्ययन
म अलिकति आध्यात्मिक पनि छु । त्यसैले आध्यात्मिक पुस्तक त पढ्छु नै । यसबाहेक क्वान्टम फिजिक्सबारे अध्ययन गर्न मन लाग्छ । यो मेरो रुचिको विषय हो । इनर्जी भन्ने चीज के हो । हिलिङ भनेको के हो भन्ने चीजबारे अध्ययन गर्न एकदम रुचि छ ।
तीन/चारवटा पुस्तक एकैचोटि पढ्ने गर्छु । व्यवस्थापनदेखि साहित्यसम्म पढ्छु । लेखक म एक्सप्लोर गर्न चाहन्छु । नयाँ लेखकका पुस्तक पनि पढेकी हुन्छ । म आफैँ पनि लेखिरहेकी छु । एउटा पुस्तक लेखिराखेको छु । मैले लेख्दै गरेको पुस्तक आफ्नै जीवन अनुभवमा आधारित छ । मानव जीवनको जीवनमा के भइराखेको छ । मान्छेलाई कस्ता कुराले प्रभाव पारेको हुन्छ । र, कसरी परिवर्तन हुन्छन् मान्छे । यस्ता विषय यसमा छन् ।
मेरो घुमफिर
घुमफिर गर्न एकदमै मन लाग्छ मलाई । हाम्रो काम एकदमै स्टे«सफुल लङआवर्स हुने भएकाले पनि म घुम्न रुचाउँछु । समय–समयमा फ्रेस हुन काठमाडौँबाहिर गएर घुम्न मन लाग्छ ।
नेपालका धेरै ठाउँ घुमिसकेकी छु । यति नै भन्न सक्दिनँ तर धेरै जिल्ला घुमेकी छु । सगरमाथा बेसक्याम्पसहित अन्य हिमाली क्षेत्रमा जाने रहर छ । आशा छ, भविष्यमा त्यहाँ पनि पुग्छु ।
धेरै देश घुमिसकेकी छु । तर, अस्ट्रेलिया जान सकेको छैन । त्यसकै छेउको अर्को देश इन्डोनेसियाको बालीसम्म पुगेँ । मलाई समुद्रतीर घुम्न मन पर्छ । भाषा, खाना मिलेर होला सायद मलाई इन्डियाको मुम्बई एकदमै मन पर्छ । मुम्बईको भाइब्रेन्सी मन पर्छ ।
मलाई डिप अफ्रिकामा पुग्न असाध्यै मन लागेको छ । अहिले त काममा व्यस्त छु । समय मिल्यो भने त्यहाँ घुम्नका लागि मात्रै नभएर स्वयंसेवकका रूपमा काम गर्न मन छ । त्यहाँ अति नै गरिबी छ । त्यसैले पनि त्यहाँ गएर सहयोग गर्ने चाहना छ । त्यहाँका बालबालिकासँग मिलेर भोलेन्टियरिङ गर्न एकदम इच्छा छ ।
मेरो फुर्सद
आफ्ना लागि म जे भए पनि समय निकालिराखेकी हुन्छु । र, यसरी समय निकाल्नु पनि पर्छ । फोन अफ गरेरै भए पनि आफ्ना लागि पर्सनल टाइम निकाल्नैपर्छ । धेरैजसो समय शनिवार भइराखेको हुन्छ ।
यस्तो समयमा म आराम गर्छु । ध्यान गर्छु । आफ्नो शरीरलाई हिल गर्नुपर्यो भने हिल गर्छु । पढेर, संगीत सुनेर फुर्सदको समय बिताउँछु ।
छोराहरूसँग एकछिन भए पनि सँगै बसेर कुरा गर्छु । उनीहरूलाई लिएर सिनेमा हेर्न र रेष्टुरेन्ट पनि जान्छु ।
खेलकुदमा पहिले रुचि थियो । तर, अहिले धेरैजसो काममै समय दिनुपर्ने हुन्छ । मलाई स्विमिङ गर्न मन लाग्छ । यसले शरीरको पूरा एक्सरसाइज हुन्छ । रिल्याक्सिङ पनि हुन्छ । समर आयो अब समय निकालेर स्विमिङ जान्छु ।
नेपालमा भएकामध्ये रग्बी खेल खासै मन पर्दैन । यो खेल अलि एग्रेसिभ लाग्छ । अरूलाई दुखाउनेखालका खेल मन पर्दैन ।
मेरो मोबाइल
मसँग दुई मोबाइल छन् । सामसुङ एच–७ एच । यसको ब्रान्ड एम्बेसडर पनि थिएँ म । र, आईफोन–६ एस प्लस । मोबाइल फेर्न मन लाग्छ । बजारमा नयाँ आएपछि फेर्न मन लाग्छ । टेक्नोलोजीमा मलाई अपडेट हुन मन लाग्छ ।
यसअघि सामसुङको नोट–५ थियो । पछिल्लो मोबाइल पाएपछि त्यो मैले छोरालाई दिएँ । त्यो पनि एच नै थियो । तर, मलाई नोट सिरिज मन पर्छ ।
मसँग भएको सामसुङ एच–७ एच निकै मन परेको छ । किनकि यो वाटरप्रुफ पनि छ । यसमा हुने धेरैजसो एप्लिकेसन पनि प्रयोग गरिराखेकी हुन्छु । मोबाइलमा गेम पनि खेलिराखेकी हुन्छु । रिल्याक्स गर्ने टाइममा गेम खेल्छु । अफिसमा पनि टाइम ब्रेकमा वा लन्च ब्रेकमा गेम खेलिराखेकी हुन्छु । प्रायःजसो माइन्ड गेम खेल्छु । मैले धेरै खेल्ने गेम ‘२०६८’ हो ।
‘दिल से’ एकदमै मन परेको फिल्म हो मलाई । ‘जिन्दगी नामिले दोबारा’ पनि त्यस्तै मन परेको फिल्म हो । हलिउडमा पनि मन पर्ने फिल्म धेरै छन् । तीमध्ये ‘द एज अफ याडलार्यन’ र ‘मिट ज्वोय ब्ल्याक’ दुई फिल्म हुन् । प्रायः पुट लकरमा फिल्म हेर्छु ।
मेरो टेलिभिज
घरमा सामसुङको टीभी छ । तर, म प्रायः हेर्दिनँ ।
मेरो चलचित्र
मलाई बलिउड फिल्म मन पर्छ । हलिउड पनि केही मन पर्छ । फिल्म हेर्न प्रायः थिएटरमा जान्छु । छोराहरू वा अफिसका साथीहरूसँग पनि फिल्म हेर्न गइराखेकी हुन्छु ।
कहिलेकाहीँ तनाव भयो भने एक्लै हल गएर टिकेट किनेर पनि फिल्म हेर्छु ।
कहिलेकाहीँ तनाव भयो भने एक्लै हल गएर टिकेट किनेर पनि फिल्म हेर्छु ।
‘दिल से’ एकदमै मन परेको फिल्म हो मलाई । ‘जिन्दगी नामिले दोबारा’ पनि त्यस्तै मन परेको फिल्म हो । हलिउडमा पनि मन पर्ने फिल्म धेरै छन् । तीमध्ये ‘द एज अफ याडलार्यन’ र ‘मिट ज्वोय ब्ल्याक’ दुई फिल्म हुन् । प्रायः पुट लकरमा फिल्म हेर्छु ।
स्टार स्टकखालको मान्छे होइन म । एक्टिङबाहेक एउटा मानिसका रूपमा सलमान खानलाई मन पर्छ । किनकि मानवीय पक्ष पनि छ उसमा । अलिकति ब्याड ब्वाई । त्यो पनि छ उसमा ।
तर, उसले आफ्नो जे स्टारडम बनाएको छ त्यसबाहेक आफूभन्दा तल्लो तहका मानिसलाई सहयोग गर्ने साथै ‘इन्टरप्रेनरसिप’ पनि गरेको छ उसले । उसको त्यो पाटोलाई म कदर गर्छु ।
मेरो रोग
मेरो शरीरमा त्यस्तो केही समस्या छैन । ‘आई एम अ भेरी फिट पर्सन’ । प्रेसर, सुगर त्यस्तो केही समस्या छैन । ‘नथिङ’ ।
राजनीतिमा संलग्न हुन पनि मलाई प्रस्ताव आएका छन् । अहिलेसम्म गएको छैन । कहाँबाट प्रस्ताव आए त्यसबारे खुलाउन चाहन्न । म एउटा ब्यांकर हो । आर्थिक सेवा दिन बसेको यसमै खुसी छु ।
मेरो राजनीति
मैले राजनीतिशास्त्र पढेको पनि हो । यसमा चासो पनि छ । तर, मेरो अपिनियन आफैँसँग राख्छु । मेरो आफ्नो हिसाबले नागरिकका रूपमा केही कुरा राख्नुपर्यो भने प्रधानमन्त्रीदेखि मन्त्रीहरू सबैसँग आफ्नो धारणा राखिराखेकी हुन्छु ।
विश्व इतिहासमा हेर्ने हो भने मार्टिन लुथर किङ एकदमै राम्रो नेता हुनुहुन्थ्यो । मलाई मन पर्छ । अहिले त्यस्तो मन छाएको नेता कोही छैनन् । मनै खाएको कोही छैनन् ।
मतदान गरिराखेकी छु । जसलाई मतदान दिएँ, त्यो आफैँसँग राख्छु् । सबैलाई भन्न जरुरी छैन । तर, प्रजातन्त्रलाई समर्थन गर्छु । आधुनिक युगमा यो हुनुपर्छ । यो शासन व्यवस्था बुझ्छु र यसलाई मान्छु पनि ।
मतदान गरिराखेकी छु । जसलाई मतदान दिएँ, त्यो आफैँसँग राख्छु् । सबैलाई भन्न जरुरी छैन । तर, प्रजातन्त्रलाई समर्थन गर्छु । आधुनिक युगमा यो हुनुपर्छ । यो शासन व्यवस्था बुझ्छु र यसलाई मान्छु पनि ।
राजनीतिमा संलग्न हुन पनि मलाई प्रस्ताव आएका छन् । अहिलेसम्म गएको छैन । कहाँबाट प्रस्ताव आए त्यसबारे खुलाउन चाहन्न । म एउटा ब्यांकर हो । आर्थिक सेवा दिन बसेको यसमै खुसी छु ।
हो, केही जिम्मेवारी ग्रहण गरेर पोलिसी मेकिङ लेभलमा बसेर काम गर्दा केही परिवर्तन गर्न सकिन्छ भन्ने मलाई विश्वास छ । म अहिले एउटा ब्यांकरका रूपमा ठीक छु ।
मेरो मापसे
म सोसल ड्रिंकर हो । ड्रिंक नै नगर्ने होइन र रक्सी नभई नहुने पनि होइन ।
वर्षौंसम्म नपिएर पनि बस्न सक्छु । पिएँ भने ह्वीस्की मन पर्छ । झन्डै एक वर्षअघिको भाइटीकामा दाइभाउजूसँग पिएकी थिएँ । त्यसपछि पिएकी छैन ।
मेरो संगीत
संगीतप्रेमी हो म । सामान्यतः सबै समय गीत–संगीत सुनिरहन्छु । अफिसमा पनि म गीत–संगीत सुनिरहन्छु । बलिउड म्युजिक मन पर्छ मलाई ।
यसबाहेक म गाउँछु पनि । मेरो जेठो छोराले पनि गाउन थालेको छ । हामी प्रायः सँगै गाइराखेका हुन्छौँ । पाइला–पाइलाको संगीतको कुरा गर्ने हो भने हार्ड रक पनि मन पथ्र्यो । सफ्ट रक पनि मन पर्छ ।
लेटेस्ट ट्रान्स म्युजिक एकदमै मन पर्छ । मेरो मुडअनुसार कस्तो संगीत सुन्ने त्यसको निर्धारण हुन्छ । कन्ट्री म्युजिक, ज्याज, सुफी, कवालिज, कोक स्टुडियोका गीत । सबै किसिमका संगीत आफ्नो समयको अनुकूलताअनुसार सुनिरहन्छु ।
अफिसमा बस्दा लाइट म्युजिक सुनिरहन्छु । भाषा बुझे पनि नबुझे पनि विदेशी संगीत पनि सुन्छु म । जस्तै, स्प्यानिस, फ्रेन्च गीत पनि सुन्छु ।
मैले दुई च्यारिटी फङ्सनमा गीत गाएर बेस्ट सिंगरको अवार्ड पनि पाएकी छु । त्यसमध्ये एउटा नारायण गोपालको गीत गाएकी थिएँ, ‘केही मीठो बात गर’ । अर्कोचाहिँ हिन्दी गीत गाएकी थिएँ । संगीतमा म निकै आनन्द लिन्छु ।
मेरो भूल
भूल अहिलेसम्म केही गरेको छैन । जे गर्नुपर्ने थियो त्यो गरेँ । त्यसबेलाको मेरो दिमागले गर्नुपर्छ भन्ने सोचेर गरेको थियो । त्यो भूल नै होइन ।
जीवन आफैँमा एउटा सिकाइ हो । भूल हुँदैन । जे गर्नुपर्ने थियो त्यो भयो । जो भोग्नुपर्ने थियो भोगियो । र, त्यसबाट सिकियो । त्यसबाट हामी झन् राम्रो मान्छे बन्न सक्छौँ । ला भनेर जिब्रो टोक्नुपर्ने केही छैन मेरो जीवनमा । भूल केही पनि गरेको छैन ।
म पहिलेदेखि नै विद्रोही स्वभावको थिएँ । नियममाथि प्रश्न गर्थें । सानो छँदा धेरै खराब पनि थिएँ । तर, सधैँ शिक्षकले मन पराउनुहुन्थ्यो । कतै अन्याय भइराखेको छ वा चित्त बुझेको छैन भने प्रश्न गरिहाल्थेँ । जे गरेँ सबै कुरालाई सकारात्मक हेर्न चाहन्छु । भूलका रूपमा होइन । चिन्ता लिनेखालको मान्छे नै होइन म ।
मेरा व्यक्तिगत कुरा सार्वजनिक गरिराख्नुपर्छ जस्तो लाग्दैन । आग्रामा गएर ११ रुपैयाँमा केही किनौँ वा कतै गएर ‘गोल्ड प्लेटेड’ चम्चा नै किनौँ त्यो मेरो आफ्नो चीज हो । त्यसलाई पब्लिक बनाउन जरुरी छैन । तर मलाई एस्थेटिक्स भन्ने मन पर्छ ।
मेरो घर
मेरो घर राम्रो छ । मलाई मन पर्छ । ललितपुरको पाटनमा आठ वर्षअघि बनाएकी थिएँ । यसमा कति खर्च लाग्यो भन्ने भन्न जरुरी छैन ।
मेरा व्यक्तिगत कुरा सार्वजनिक गरिराख्नुपर्छ जस्तो लाग्दैन । आग्रामा गएर ११ रुपैयाँमा केही किनौँ वा कतै गएर ‘गोल्ड प्लेटेड’ चम्चा नै किनौँ त्यो मेरो आफ्नो चीज हो । त्यसलाई पब्लिक बनाउन जरुरी छैन । तर मलाई एस्थेटिक्स भन्ने मन पर्छ ।
मेरो अफिसमा तपाईंले हेर्नुभयो भने पनि त्यो देख्नुहुनेछ । आफूलाई मनपर्ने फूल, मूर्ति वा पुतली डेकुरेट गर्छु ।
राशि
मेरो राशि धनु होे । ग्रहदशा, ग्रहशान्ति केही पनि हेर्दिन/गर्दिनँ । मलाई लाग्छ– आफ्नो संकल्प आफैँ तय गर्छु । म यिनै कुरामा झुमेर बसिरहन्छु भने मैले पढेको यो सबै कुरा
केका लागि त ?
विश्वास गर्छु तर त्यसमै झुन्डिरहनुपर्छ जस्तो लाग्दैन । यो दिनमा कपाल काट्नुहुँदैन । नुहाउनुहुँदैन । यी सबै धार्मिक नीति नियम मैले अध्ययन नगरीकन विश्वास गर्दिनँ । पहिले सही हो कि गलत त्यो पढ्छु ।
व्रत बस्ने गर्छु । तर, अचेल त्यस्तो केही गर्दिनँ । म धार्मिक मान्छे होइन, आध्यात्मिक मान्छे हो । धर्म र अध्यात्म फरक कुरा हुन् ।
हरेक धर्म मान्छु म । मेरो नागरिकतामा हिन्दु भनिएको छ । तर, मेरो बुद्धिस्ट गुरु पनि हुनुहुन्छ । अहिले कुरान पढिरहेकी छु । सबै धर्मका बाटो एउटै हुन् ।
मेरो सौन्दर्य चेत
म ठिकै छु जस्तो लाग्छ । मान्छेहरू मेरो अनुहार देखेर तर्सिन्छन्जस्तो लाग्दैन । मन लाग्यो भने पूरा मेकअप गरेर बस्छु । मन लागेन भने केही पनि गर्दिनँ । आजजस्तै । केही पनि गरेको छैन ।
तेल, पर्फ्युम, क्रिम लगाउँछु म । आफ्नो केयर गर्नुपर्छ । म आमा भएर छोरालाई माया गर्छु भने पहिले आफैँलाई माया गर्नुपर्छ । नियमित रूपमा मसाज गर्न पनि जान्छु । मसाज गर्न प्रायः एउटै ठाउँमा जान्छु ।
मेरो प्रेम
जीवनमा विभिन्न किसिमका प्रेम हुन्छन् । यहाँले भन्न खोज्नुभएको रोम्यान्टिक लभ होला । यत्रो उमेर जिइसकेपछि विपरीत लिंगप्रति कहिल्यै आकर्षण नहुनु भन्ने त झुट बोलिराखेको हुन्छ । निश्चय पनि, भएको छ । यत्रो उमेरमा कसैलाई मायाँ नगर्नु, लभ नै नगर्नु भन्ने त हुँदैन ।
यस विषयमा मसँग राम्रो सम्झना छ । तर, यसबारे धेरै सार्वजनिक गर्न चाहन्न म ।
तपाईंले युट्युभमा खोज्नुभयो भने भ्यालेन्टाइनबारे मैले बोलेको भेट्न सक्नुहुन्छ । त्यतिमात्रै सार्वजनिक गर्छु । मेरो अनुभव सबै भन्न आवश्यक छैन ।
‘एस, अफकोर्स,’ लभ परेको छ रवीनाको ? धेरैपटक परेको छ ? हो । त्यही हो ।
मेरो विवाह
म सिंगल मदर हो अहिले । १७ वर्षमा विवाहित थिएँ म । सात वर्ष भइसक्यो म एक्लै बस्छु । मेरो साथमा दुई छोरा छन् ।
मेरो सपना
कुनै बिन्दुमा गएर आफ्नो जीवन कसैको सहयोगमा समर्पण गर्नेछु । मैले हिलिङ प्रोसेसमा क्वालिफिकेसन्स लिएको छु । त्यो चीजमा लाग्छु भन्ने पनि लाग्छ मलाई । अहिले पनि कतै गएर मोटिभेसनल टक्स दिइराखेकी हुन्छु ।
आफ्नो अनु्भव त्यतिबेला व्यक्त गर्नेछु सायद । यदि कसैलाई मद्दत गरिँदै छ भने त्यहाँ आफैँलाई पनि मद्दत गरिएको हुन्छ । जीवनको सन्तुष्टि भनेकै त्यही हो । सद्दाम हुसेन, राजारानी, संसारका धनी मानिस । मरेर जाँदा केही लिएर जाँदैनन् ।
मानव जाति हो म । जीवनका हरेक सुविधा ग्रहण गर्न चाहन्छु । तर, ती कुरासँग झुन्डिएर बस्न चाहन्न । त्यो मेरो जिन्दगीको उद्देश्य पनि होइन ।
मानिसलाई मैले महँगो आइफोन पनि दिएकी छु । कसैलाई मन पर्यो भनेर सुन, गहना पनि दिएकी छु । जीवनका अन्तिम दिनहरूमा सायद एउटा राम्रो हिलर हुन्छु होला । कुनै बिन्दुमा योगा गुरु पनि बन्न मन छ । त्यो पनि बन्छु । सायद किताब लेख्नेछु । मरेर जाँदा, जब रवीना रहँदैन मेरो छोरा र साथीहरूले मात्रै सम्झिनुबाहेक फराकिलो जमातले सम्झियोस् । केही प्रभाव पर्ने काम गरेर रवीना आफ्नो प्राण छाडेर गइन् भन्ने होस् । यही मेरो सपना हो ।
पोस्टमार्टम रिपोर्ट पनि आएन
परासी, १७ जेष्ठ । मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लागउन आज रुद्रनारायण (आशिष) चौधरीको गर्न लागिएको पोलिग्राफ परिक्षण टाउको दुखाईका कारणले स्थगित गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण बिज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पूर्ण तयारी पुरा गरेर आज परिक्षण गर्ने भने पनि टाउको दुखाईले स्थागित गरिएको हो ।
फुटबलर विमल घर्ति मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्युको रहस्य पत्ता लगाउन मनिषाका प्रेमी आशिषको पोलिग्राफ परिक्षण आज गर्ने तयारी भएपनि आशिषले टाउको दुखेको भन्दै अनुमति नदिएपछि परिक्षण भोली विहानका लागि स्थागित गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताए ।
पोलिग्राफ परिक्षण सम्बन्धित व्यक्तिबाट सत्य तथ्य कुरा निकाल्ने एक प्राविधि प्रक्रिया हो । पोलिग्राफ परिक्षणमा ईन्भेस्टिगेटिभ, जटिल तथा उच्चस्तरका घटनाहरुको अनुसन्धान गर्ने प्रक्रिया हो ।
आज पोलिग्राफ परिक्षण गर्दा घटनाको पोष्टमार्टन रिपोर्ट र घटेको घटनाको आधारमा तयार ठोस प्रश्नहरु सोधेर गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले नवलपरासीले जनाएको छ ।
आशिषको पोलिग्राफ परिक्षणले घटनाको थप अनुसन्धानमा धेरै सहज हुने प्रहरी उपरिक्षक चौधरीले बताए ।
पोष्टमार्टनका लागि काठमाण्डौ लगिएको मनिषाको शवको अधिकारीक रिपोर्ट अझै जिल्ला आउन सकेको छैन ।
मनिषाको अन्तयेष्टी भईसक्दापनि भने पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारवाहीका लागि जिल्लामा विभिन्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएको छ ।